जापानमा भूकम्प

पुष, ५ हङकङ । जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १९.५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन ।

भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ ।