बढ्यो सुनको मूल्य, आज कसरी कारोबार भइरहेको छ ?

पुष, ६ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ९ सय रुपैँयाले बढेको छ ।

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भइरहेको छ ।

छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ९३ हजार ८५० रुपैयाँ थियो ।