सरकारलाई असफल पार्न गम्भिर सड्यन्त्र लुकेको स्पष्ट छ, संसद विघटन आकस्मिक होइन् : प्रधानमन्त्री ओली

पुष, ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल पार्न गम्भिर सड्यन्त्र लुकेको स्पष्ट भएको बताएका छन् ।

आइतबार संसद भंग भएपछि उनले आज देशबासीका नाममा सम्बोधन गर्दै प्रम ओलीले त्यस्तो बताएका हुन् ।

उनले नेपालले पछिल्लो ३ वर्षमा थुप्रै प्रगति गरेको समेत उनले बताए । ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् ।

उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएकोसमेत बताए ।