मतदाता नामावली संकलनको काम कपिलबस्तुमा किन रोकियो ?

पुस,०६ कपिलबस्तु। जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता नामावली दर्ताको सबै काम रोकिएको जनाएको छ ।

वि.सं. २०७८ बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोस्रो चरण गरी सरकारले प्रतिनिधिसभाको चुनावको मिति तोकेको भन्दै हाल अर्को व्यवस्था नभएसम्मका लागि मतदाता परिचयपत्रको काम रोकिएको कार्यालयले जनाएको हो ।

कार्यालयद्धारा सोमबार निकालिएको सूचनामा मतदाता नियमावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) मा भएको प्रावधान समेतको आधारमा हाल जिल्ला निर्वाचन कार्यालयबाट भैरहेको मतदाता नामावली संकलन सम्बन्धी कार्य रोकिएको उल्लेख छ ।