पुष, ७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने तयारी थालेको छ ।
स्रोतका अनुसार केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको हो ।
आजै दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक स्थायी समिति सदस्यले जानकारी दिए।
यता, बालुवाटारमा जारी केपी शर्मा ओली समूहको केन्द्रीय कमितिको बैठकले महाधिवेशनको तयारीका लागि भन्दै समिति गठन गरेको छ ।
नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गरेर ११९९ सदस्य आयोजक समिति गठन गरेको हो ।







