पुस ,०७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक शुरु भएको हो ।
उक्त बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक शुरु भएको छ । बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष ओलीको विपक्षमा रहेका शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ ।







