पुस ,०८ अर्घाखाँची ।प्रधानमन्त्री केपी शर्मा ओली को गुटले अर्घाखाँचीमा आफ्नो प्यानल छुट्याएको छ । अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन।
ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले आठ जना लाई केन्द्रीय सदस्य थपेको हो ।
थपिएका केन्द्रीय सदस्यहरुमा चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्।
नेकपा प्रचण्ड – नेपाल को गुट ले भने नाम सार्वजनिक गर्न बाकी रहेको बुझिएको छ ।







