बढ्यो सुनको मूल्य, कति पुग्यो ?

पुष, ९ काठमाडौं । आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ९ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य बिहीबार भने १ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ थियो ।

बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार ६ सय पुगेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ थियो भने मंगलबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार २ सय ६५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बिहीबार तोलामा २५ रुपैयाँ बढेर १ हजार २ सय ८० रुपैयाँ पुगेको छ ।