पुष, १२ काठमडौं । छिमेकी देश चीनबाट उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने भएका छन्।
स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली आज काठमाडौं आउन लागेको बताइएको छ ।
नेपालमा सत्ताधारी दल नेकपामा विभाजन देखिएको बेला उत्तरी देश चिनबाट उच्च अधिकारी नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
उनीहरुले नेकपाका नेता तथा सरकारी अधिकारीहरुलाई भेट्ने बताइएको छ।







