पुस,१२ काठमाडौ। पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएको छ । दाहाल–नेपाल समूहले आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिएका छन् । दाहाल–नेपाल समूहले नयाँ मुख्यमन्त्रीमा भीमप्रसाद आचार्यलाई प्रस्ताव गरेको छ । मुख्यमन्त्री राईलाई हटाउन ४० जना प्रदेश सांसदहरूले हस्ताक्षर गरेको दाबी दाहाल–नेपाल निकटका एक सांसदले जानकारी दिए ।
ओलीको अर्को शक्तिशाली बिकेट झर्ने भयो, बालुवाटारमा खैलाबैला







