पुस,१२ काठमाडौ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ ।
आज नेप्से ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ भने ४ अर्ब ५१ करोड ३१ लाख ९९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।







