४ असार, काठमाडौं । रसुवागढी (केरुङ) नाका खुलाउन चिनियाँ पक्ष सहमत भएको छ । कोविड-१९ ले गर्दा रसुवास्थित चीन र नेपालबीचको केरुङ नाका करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको थियो ।
अर्थ मन्त्रालयका अनुसार चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको छ । यद्धपी दुइ देशको स्थानिय निकायबिचको समन्वयपछि मात्र नाका सुचारू हुने हुनाले कहिलेबाट भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन ।
सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको बताइएको छ ।







