पुष, १७ काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ की सोफिया अधिकारीको २ वर्ष अघि दुइवटै मृगौला फेल भयो ।
मृगौला फेल भएकी सोफियालाई उनकै आमाले इन्द्रमायाले एउटा मृगौला दिएर मृगौला ट्रानसप्लान्ट गरीएको छ ।
सोफियाका बुबा भिम अधिकारीका अनुसार उनको उपचारका लागि करिव ३५ लाख बढी खर्च भयो । भिम भन्छन्– ३ वर्ष ६ महिना साउदी बसेर कमाएको पैसा पनि सकियो, सरकारले दिएको ४ लाख बाट ३ महिनासम्म उपचारका लागि खर्चपुग्यो । अहिले सोफीयाको उपचारका लागि मासिक २० हजार भन्दा बढी खर्च लाग्छ । समान्य खेति मात्र भएको अधिकारी परिवारलाई छोरीको जिवन रक्षाका लागि अपिल गरेका छन् ।
हरेक महिना छोरीको उपचारका लागि श्रृण काढेर उपचार गरीरहेको उनी बताउछन् । भिम भन्छन्–‘साउदीमा रहदा छोरीको उपचार गर्न छुट्टिलिएर नेपाल आँए, उपचारका समय लाग्यो विदाको अवधि पनि सकियो । फेरि जान पाइएन् । अन्य देश जान पनि उमेरले दिदैन् । उनी भन्छन्–छोरीको उपचार जसरी पनि गर्ने पर्यो ।’
सोफियाको उपचारका लागि सहयोगि मनहरुले सोफियाका बुबा भिम अधिकारीको फोन नम्बर ९८१३९८५४२८ मा फोन गर्न सक्नुहुने छ । साथै सोफियाकै एभरेष्ट बैंक लिमिटेड विराट चोक ब्रान्चको खाता नम्बर ०१७१०५०१२००७६० मा सिधै आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।







