कारको ठक्करबाट बाघ मर्यो

पुष, १८ पर्सा । पर्सामा तिब्र गतिमा रहेको कारको ठक्करबाट एउटा पोथि बाघ मरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जिपको ठक्करबाट एउटा बाघ मरेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेको समयमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको बताइएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो ।

कारले बाघको टाउकोमा ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको बताएका छन् ।