५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक भोलि शनिबार बिहान ९ बजेको लागि निर्धारण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गरि निष्कर्षमा पुगिने आंकलन छ । बैठकमा स्थायी समिति बैठक, मन्त्रीमण्डल पुनर्गठन, विभिन्न स्थानमा गरिएको नियुक्तिको विषयहरु पनि चर्काे रुपमा उठ्नेछन्।
नेकपा भित्र एमसीसी पारित गर्न नहुने बहुमत छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको थियो ।
यसअघि ३२ असारमा बोलाएको सचिवालयको बैठक प्रधानमन्त्री के पी शर्मा ओलीले अन्तिम समयमा आएर स्थगित गरेका थिए ।







