उद्योग वाणिज्य महासंघको निर्वाचन साउन अन्तिममा

७ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ। आज बसेको महासंघको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो।

गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण रोकिएको थियो। 

महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागको हो। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान अनुरुप अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन्।

वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबको उम्मेदवारी घोषणा भैसकको छ।