नेकपा स्थायी समितिको बैठक बस्दै

एम.सी.सी बारे ठोस निर्णय हुन नसक्ने प्रबल सम्भावना ।

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ४५ सदस्यीय स्थायी समितिको बैठक अहिले केही बेरमा बालुवाटारमा शुरु हुँदैछ । विश्वस्त शुत्रका अनुसार महासचिवबाट बैठकको एजेण्ड प्रस्तुत गरिसके पछि, दुई अध्यक्षहरुले यसबारे आफ्नो धारणा व्यक्त गर्ने छन् । आजको बैठकले निकै चासो रहेको एम.सी.सी बारे ठोस निर्णय गर्ने सम्भावना निकै कम रहेको आंकलन गरिएको छ ।

बैठकको प्रमुख एजेण्डाहरु:
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्धयको मन्तब्य ।
२. सरकारको कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सहित नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
३. नेकपा पार्टीको एकताको लागि बाँकी कामहरुको विषय ।
४. एस.सी.सी.को सम्बन्धमा ।