गगन थापाको नागरिकता विधेयकको समस्या सुल्झाउने उपाय

१० असार, काठमाडौं । कांग्रेस नेता गगन थापाले हालसालै पारित गरिएको नागरिकताको विधेयक माथि मौनता साँधेको आरोप लागिरहेको अवस्थामा आज बिहान उनले सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

कांग्रेस पार्टीको भन्दा अलिक फरक रुपले उनले नागरिकताको विषयमा राष्ट्रिय सहमति हुनुपर्ने र यो मुद्दालाई राजनीतिक दाउपेचमा प्रयोग गर्दा विभिन्न समस्या आउन सक्ने सम्भावनालाई मध्य नजर गर्न आग्रह गरेका छन् । उनले जसरी नेपालको नयाँ नक्साको सम्बन्धमा राष्ट्रिय सहमति भयो, त्यसै गरि नागरिकताको विषयमा पनि त्यस्तै सहमति अपरिहार्य रहेको बताएका छन् ।

उनले नेपालको विभिन्नकाल देखिको अंगिकृत नागरिकताको प्रावधान उल्लेख गर्दै अबको प्रावधानले विदेशी महिला मात्र नभई विदेशी पुरुषलाई पनि निश्चित समायवधिमा तोकिएको शर्त पालना गरेर मात्र अंगिकृत नागरिकता दिलाउनु पर्ने उल्लेख गरे । महिला, पुरुष दुवैलाई समान प्रावधान राखे समयावधिको समस्या सहमतिमा सुल्झने र यो मुद्दाले राष्ट्रिय सहमति सजिलै पाउने उनको धारणा रहेको छ ।

उनको पूर्णपाठ यहाँ हेर्न सकिन्छ ।