१० असार, काठमाडौं । नेकपा स्थायी कमिटीको आज बसेको बैठकले कोभिड-१९ उपचार, रोकथाम, नागरिकता विधेयक, एम.सी.सी, रुकम चौरजहारी घटना, कर्मचारीहरुको बैठक भत्ता यस आर्थिक वर्षमा हटाउने लगायतका विभिन्न एजेण्डामा छलफल गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार छलफलमा सौहार्दपूर्ण ढंगले आफ्ना भनाई, दृष्टिकोणहरु सहभागीहरुले राखेका छन् र थप छलफलका लागि आगामी बैठक असार १२ गतेको लागि तोकिएको छ ।







