घर भाडा मिनाहा गर्न व्यवसायी महासंघको माग

१३ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको घर भाडा मिनाहा गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले शनिबार जारी गरेको विज्ञप्तिमा , ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ’ भनिएको छ ।

महासंघका उपाध्यक्ष मनोजबावु श्रेष्ठले व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै यतिबेला घरभाडा पूर्ण रुपमा छुट हुनुपर्ने बताए ।