माघ, ८ काठमाडौं । सरकारले गरेको संसद विघटनकोविरुद्ध नेपाली कांग्रेसले आज देशभरका वडा कार्यालहरुमा विरोध प्रदर्शन गर्दै छ ।
आज ६ हजार ७ सय ४३ वडाहरुमा संविधानमा भएको ब्यवस्था संसद विघटन गरिएको भन्दै काँग्रेसले वडा तहमा विरोधका कार्यक्रम राखेको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका हुन् ।







