माघ ,१० बुटवल ।बुटवल ब्याडमिन्टन क्लवको शनिवार बुटवलमा सम्पन्न ५औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशनवाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।
शनिबार बुटवलमा भएको बुटवल ब्याडमिन्टन क्लवको सम्पन ५ औं वाषिर्क साधारणसभा चौध अधिवेशन बाट गोपाल टण्डनको अध्यक्ष सहित प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्धितृय उपाध्यक्षमा नलराज नेपाल, तृतीय उपाध्यक्षमा तुल्सीराम भटृराई , सचिवमा भरत राना,कोषाध्यक्षमा भानु खत्री,सहसचिवमा राजु खरेल र सह कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएको निर्वाचन समितिका संयोजक समेत रहेका अर्जुन कार्कीले बताए । साथै उनका अनुसार क्लवको सदस्यमा दिलिप गौचन ,नारायण तिवारी, दीपक भटृराई, शेर बहादुर भण्डारी, वालधर गोदार ,त्रिबिक्रम हेजू र वालकृष्ण पाण्डे चयन भएका छन् ।
त्यसअघि साधारण सभाको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बुटवल ब्याडमिन्टन क्लवको शनिवार बुटवलमा सम्पन्न ५औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशन उद्घाटन गदै “स्वास्थ लागी खेल रास्ट्रका लागी खेल “भन्दै खेलकुदको क्षेत्रमा महानगरपालिकाले पुर्ण रुपमा नगरपालिकाले दिल खोलेर खेलकुदको लागि वजेट विनियोजन गर्ने, साथै खेलकुद विकासका लागी जहिले जस्तो अवस्थामा पनि पुर्ण रुपमा महानगरपालिकाले सहयोग गर्दै आएको र गर्दै जाने बताएका छन । उनले भने खेलकुदको विकसले अन्तरास्ट्रिय रुपमा नेपाललाई चिनाउने एउटा माध्यम पनि भएकोले यसमा पुर्ण रूपमा लागेर काम गर्ने बुटवल ब्याडमिन्टन समेत आग्रह गरे ।
क्लवका अध्यक्ष समेत रहेका रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । त्यसैगरी वडा नम्बर ११ का अध्यक्ष राम चन्द्र क्षेत्री साथै बुटवल ब्याडमिण्टन क्लवका पूर्व अध्यक्ष श्याम बहादुर पुन, निर्वतमान अध्यक्ष ईन्द्रलाल श्रेष्ठ क्लवका जीवनसिह कुवर, दीपक भटृराई राजेन्द्र ढकाल लगायतले मन्तव्य आ- आफ्ना मन्तय व्यक्त गरेका थिए । समग्र सबै जनाले खेलकुद र खेलाडीको बारेमा महत्त्व दर्साउदै अब बुटवल ब्याडमिण्ट्न पुर्ण रुपमा सक्रियताका साथ अगाडी बढने बताएका छन ।







