नेकपाको दुवै पक्षलाई आधिकारिकता नमान्ने निर्वाचन आयोगको निर्णय

माघ, १२ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूहलाई दलको मान्यता नदिने निर्णय गरेको छ ।

दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन नसक्ने निर्णय आइतबार बसेको बैठकले गरेो आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ।

आयोगको पछिल्लो निर्णसँगै अब कागजमा साविककै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, त्यसैगरि महासचिवमा विष्णु पौडेल रहने छन्।

संसद विघटनपछि विवाद उत्कर्षमा पुगेपछि नेकपा हाल दुई समुहमा विभाजित छ। दुवै पक्षले आफू आधिकारिक भएको दावी गर्दै अयोगमा कागजपत्र पेश गरेका थिए।

विभाजित भएका समुहले दल मान्यताका लागि पेश गरेको काथगजपत्र पर्याप्त नभएको भन्दै आयोगले कसैलाई पनि दलको मान्यता दिन अस्वीकार गरेको हो।