माघ ,१२ काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलन गर्दै आइरहेको छ ।
यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम गर्ने साथै यसबीचमा माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने प्रचण्ड – नेपाल पक्षले जानकारी दिएको छ ।प्रचण्ड-नेपाल पक्षले काठमाडौ मात्र नभइ देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ । आउदो १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने कार्यक्रम ऊनीहरुले सार्वजनिक गरेका हुन ।
यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने उनीहरूले बताएका छन्।







