माघ, १३ काठमाडौं । जीवनलाई सहज र आदर्शवान कसरी बनाउने ? जीवनलाई बुझेर कसरी अगाडि बढ्न सकिन्छ ? सफल जीवन कसरी जिउने ? के गर्दा सफल र महान बन्न सकिन्छ ? जीवनमा के गर्यो भने सफलता प्राप्त हुन्छ ? यस किसिमका प्रश्नहरु हाम्रो मन मस्तिष्कमा सधैँ जसो आउछन् । जीवनका विषयमा केहि विद्वानहरुका भनाई हेरौं ।
आफू नै त्यो परिवर्तन बन जुना तिमी संसारमा देख्न चाहन्छौ । -महात्मा गान्धी
यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । -मार्क ट्वेन
त्यो काम दिनहु जुन तिमीलाई हृदयदेखि नै मन पर्छ, त्यसपछि जिन्दगीभर एकदिन पनि काम गर्नुपर्ने छैन । -कन्फ्युसियस
असम्भव भन्ने शब्द मेरो शब्दकोषमा छैन । -नेपोलियन बोनापार्ट
जित्नेहरु कुनै फरक काम गर्दैनन् उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । -शिव खेडा
लडाइमा आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षतमताले राख्दछ । -मार्क ट्वेन
गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु इश्वरिया कर्म । -अलेक्जेण्डर पोप
तपाईको अनुमति बिना कसैले तपाईको अपमान गर्न सक्दैन । -इलेनोर रुजवेल्







