कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, के छन एजेन्डा ?

माघ, १३ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सानेपामा बस्दै छ ।

१ बजेका लागि बोलाइएको बैठकमा संसद विघटन र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्ने अलमलमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

तर संसद विघटन विरुद्धमा आन्दोलनको घोषणा हुने वा नहुने भन्नेमा भने कुनै टुंगो नभएको नेताहरुले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा तत्काल आन्दोनको घोषणा गरिहाल्ने पक्षमा नरहेको बुझिएको छ ।