माघ, १४ काठमाडौं । कोभिड–१९ विरुद्धको खोप आजबाट देशभर लगाउन सुरु गरिने भएको छ ।
१० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ ।
सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो ।







