माघ, १४ काठमाडौं । आजबाट नेपालमा पनि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका छन् ।
उनले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो। डराउनुपर्ने कुरा छैन। त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु।’
अस्पतालकै डा. अनुप बास्तोलाले पनि खोप लगाइसकेका छन् । अस्पतालकै डा. अनुप बास्तोलाले पनि खोप लगाइसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन् ।







