माघ, १४ काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नेपालमा पनि शुभारम्भ गरिएको छ ।
खोपको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ भर्चुअल रुपमा गरेका छन् ।
खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी लगायतको उपस्थित रहेको थियो ।
खोप अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र बाचन गरेका थिए ।
त्यस्तै आज देशका ७५ वटा जिल्लाका १२० वटा केन्द्रहरुबाट खोप अभियान एकैपटक शुरु भएको हो । आज देशभर १२ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइने मन्त्री त्रिपाठीले जानकारी दिए ।







