लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

माघ, १६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताए ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उहाँले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पारे । उनले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आफ्ना कार्यक्रम गर्दै जाने होे, त्यो नै अन्तिम नभएको बताए ।

नेता खनालले पार्टीभित्र आफ्नो समूहको दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले यसलाई आधिकारिकता दिने दाबी गरे। वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्रप्रति आस्थावान सबै दल एक हुने विश्वास व्यक्त गरे ।