प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेकपा फुट्न सक्छ

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्न सक्ने बताएका छ्न् । उनले उक्त कुरा मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका हुन् ।

अब पार्टी एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।
‘तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने ।
प्रधानमन्त्रीले ठूलो षडयन्त्र भइरहेको भन्दै आफुलाई भारत को निर्देशनमा‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापा मगरले कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

शनिबार साँझ शितलनिवासमा राष्ट्रपतिसँग भेटेर फर्केपछि मन्त्रीहरूसँग पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।