माघ, १६ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षसँग आज छलफल गर्न तयारी गरेको छ ।
पार्टीमा देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पक्र पठाएर छलफलका लागि बोलाएको छ ।
५÷५ जनाका दरले आयोगमा छलफलका लागि बोलाएको बताइएको छ ।
आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोेकेका सदस्यसहित छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो । आयोगले नेकपाको आधिकारिकताका विषयमा छलफल गर्ने नभनी निर्वाचनका विषयमा छलफल गर्ने उल्लेख गरेको छ ।
यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अद्यावधिक गर्न पत्र लेखेको थियो ।







