प्रधानमन्त्री ओली आज चितवन जाँदै, यस्ता छन् कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष केपी शर्मा अ‍ोली आज चितवन जादैं छन् ।

उनले चितवनमा आयोजना हुने सभालाई सम्बोधन गर्ने बताएका छन् । उनले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन जान लागेका हुन् ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १२स्३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिनेछ ।

जनसभामा प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूहले सो कार्यक्रम रोक्न्न माग गरेको छ ।