केपीलाई ठाउँमा ल्याउने सामर्थ्य हामीसँग छ – प्रचण्ड

माघ,१७ काठमाडौ ।नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको बताएका हुन् । आफूपक्षीयसहित काँग्रेस र जसपाका गरीदुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै प्रचण्डले ओलीको सनको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए । प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विरुद्ध देशका विभिन्न सहरमा बिरोधसभा गर्दै आएको छ । शनिबार कैलालीको धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।