खानेपानी मन्त्री थापाले सम्बोधनको क्रममा श्री ५ को सरकार भनेपछि…

माघ, १८ काठमाडौं । शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुर्खेतमा भएको भेलालाई सम्बोधन क्रममा आफुले श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्री मणी थापाले क्षमा मागेका छन् ।

सम्बोधनको शुरुमा नै मन्त्री थापाले -, “सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा‘ सरि नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरुलाई लाल सलाम भन्न चाहान्छु ।” भनेका थिए ।

आइतवार सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री थापाले आफूले नेपाल सरकार भन्न खोजेको तर भुलवस झुक्किएर श्री ५ को सरकार भन्न पुगेको बताएका छन् ।

उक्त भाषणमा भएको गल्तिलाई क्षमा माग्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।”