माघ, १९ काठमाडौं । ४६ जना प्रहरी निरीक्षकहरूको प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।
बढुवा समितिको आइतबारको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उनीहरूको बढुवा गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा चिरञ्जीवी दाहाल रहँदा दोस्रो नम्बरमा रेशम बोहरा रहेका छन् ।
बढुवा समितिको सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) निरज बहादुर शाहीले उनीहरूको पदस्थापना हुन बाँकी रहेको बताए ।










