माघ, १९ काठमाडौं । संसद विघटनकाविरुद्ध नेपाली कांग्रेसका १३ वटा भातृ संगठनहरुले आज देशैभर विरोध प्रदर्शन गर्दै छ ।
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले प्रदर्शन गर्ने भएको बताइएको छ ।
सरकार संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख भएको, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा अकर्मण्यता देखिएको र जनसरोकारका विषयमा सरकारी उदासिनता भएको भन्दै विरोधसभ ागर्न लागेका हुन् । प्रदर्शनलाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने बुझिएको हो ।







