आज नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी

२३ असार, काठमाडौं । सरकारले आज नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी गरेको छ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । महानिरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव ल्याउन निर्देशन आएको गृह मन्त्रालय स्रोतले बतायो ।

यसपाली पहिले जस्तो प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सीधै आईजी बनाउनु पर्ने अवस्था भने छैन। आज नियुक्ति हुने महानिरीक्षक (आईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बाट नै हुँदैछ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण सेवा निवृत्त हुँदैछ ।

एआईजी तारिणीप्रसाद लम्साल समेत महानिरीक्षक ज्ञवालीसँगै सेवानिवृत्त हुने भएकोले एआईजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मध्ये एक जना आईजीपी बन्ने पक्का छन् । नयाँ आईजीपीले ०७९ वैशाख १९ गतेसम्मका लागि कमान्ड सम्हाल्नेछ ।

दुबै जनाले २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् ।

प्रतिक्रिया