शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक

२४ असार, काठमाडौं । नेपाल सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो।

बरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

पालले आफुले नवनियुक्त आईजीलाई पूर्ण सहयोग गर्ने र नेतृत्वमा पुगेपछि थापाले सहयोग लिन सक्नुपर्ने बताए।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बुधबार सेवानिवृत्त हुँदैछन्। ३० वर्षे सेवाअवधिका कारण ज्ञवाली बाहिरिँदै गर्दा प्रतिस्पर्धामा रहेका थापा र पालले स्वच्छ प्रतिस्पर्धा गरेका थिए। ज्ञवालीसहित एआईजी तारिणी प्रसाद लम्साल र उनका ब्याचका डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।