माघ २० चितवन । ‘लायन्स क्लव अफ चितवन सेन्ट्रल’द्धारा भरतपूर महानगरपालिका वडा नं १२ मा रहेको आमाको माया छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ ।
सोमबार क्लबका पूर्व अध्यक्ष लायन सन्तोषजनक भूषालको जन्मदिनको अवसरमा १७ जना बालिकाहरुलाई सहयोग गरिएको क्लबका पूर्व अध्यक्ष लायन सन्दीप कुमार श्रेष्ठले जानकारी दिए ।
आफ्नो जन्मदिनको अवसरमा आश्रित बालिकाहरुलाई सहयोग गर्न पाएको आफुलाई गर्व लागेको भूषालले बताएका छन् ।
उनले संस्था मार्फत आफुले सहयोग गरेको भन्दै आगामी दिनमा समेत यस संस्थालाई सहयोग गर्दै जाने प्रदिबद्धता व्यक्त गरे ।
सो अवसरमा बोल्दै छात्रावासकी अध्यक्ष कृष्ण कुमारी महर्जनले क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गरिन । सामाजिक संस्था तथा मनकारी व्यक्तिको सहयोगबाट छात्रावास सञ्चालन गर्न सहज हुने बताउंँदै उनले यस्ता प्रकारको सहयोगबाट आफूलाई थप उर्जा मिलेको बताईन ।
क्लबका प्रथम उपाध्यक्ष लायन अजामिन ढकालले सञ्चालन गरेको सो कार्यक्रममा क्लबका अध्यक्ष लायन दिपक बहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । छात्रावास वि.स.२०७२ सालदेखि एकजना आश्रित बालिकाको उद्धार गरी शुरु भएको थियो । हाल आठ जिल्लाका करिब १७ जना बालिकाहरु यो संस्थामा आश्रित छन् ।








