प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा

माघ, २० काठमाडौं । नेपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ ।

आधिकारिकता दाबी गर्न मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसहित नेताहरु आयोग पुगेर आधिकारिक पार्टी आफूहरु भएको दाबी सहित पत्र बुझाएको छ ।

आयोगका पुगेका नेपाल र प्रचण्डले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकताको दाबी प्रस्तुत गरिएको नेकपा प्रचण्ड–नेपाल समूहका नेता लिलामणि पोखरेलले जानकारी दिए ।