नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

अब शुक्रबार बस्ने

२४ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक असार २६ गते शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । गत शनिबारदेखि यस अघि दुई पटक स्थगित भएको बैठक तेस्रो पटक स्थगित भएको छ ।

दुई अध्यक्षले यस बिचमा पटक पटक छलफल गरिरहेपनि सहमतिमा पुग्न सकेका छैनन् । नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तर, यी दुवै पदबाट राजीनामा नदिने अडानमा ओली रहेका छन् ।