किन प्रचण्ड-नेपाल पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन ?

माघ,२१ काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनको घोषणा गर्न बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार बुधवार (आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।