माघ,२१ काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल समूहले बुधबार मसाल जुलुस गर्ने र भोली बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । उक्त समूहले आज पत्रकारसम्मेलन गरी प्रतिनिधि सभा विघटनविरुद्धको कार्यक्रमबारे जानकारी गराएको हो ।
प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको भएपनि बिहीबारको पूर्व निर्धारित कार्यक्रम परिमार्जन गरेर आम हड्ताल घोषणा गरिएको नेता पम्फा भुसालले जानकारी दिइन् ।
‘नेकपा असंवैधानिक बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुत्तिको ज्याजतीपूर्ण निरंकुश कदमको विरोधमा भोली २०७७ माघ २२ गते देशव्यापी आमहड्तालको आह्वान गर्दछ’ नारायणकाजी श्रेष्ठले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ । भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै क्षेत्र बन्द हुने दाहाल नेपाल समूहले जनाएकाे छ ।
प्रेस वक्तव्य









