महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक भनाई

माघ, २२ काठमाडौं । लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

उनको जन्म वि. सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मीपुजाको दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

उनले उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो ।

उनका केहि प्रेरक भनाईहरु

शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

दर्शन भय हो भने कविता सत्य हो ।

मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।