देश गम्भिर संकटमा जान लाग्दा प्रतिगमनको विरुद्धमा आमहड्ताल : प्रचण्ड

माघ, २३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश गम्भिर संकटमा जान लाग्दा प्रतिगमनविरुद्ध आमहड्ताल गर्नु परेको प्रष्ट पारेका छन् ।

आज विहान काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै उनले– “देश निकै गभ्मिर संकटमा जान लाग्दा प्रतिगमनका विरुद्ध आम हड्ताल गर्नुपरेको हो । त्यसविरुद्ध ‘ब्रेस्ट ब्रेन’ भएकाहरूसँगै कांग्रेस, जसपा लगायत दलहरू हुनुहुन्छ ।”

उनले नागरिक समाज, बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीशहरू, निर्वाचन आयोगका पूर्वनिर्वाचन आयुक्तहरूदेखि पत्रकारहरूलाई ‘बेस्ट ब्रेन’ को संज्ञा दिँदै उनीहरू प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको बताए।

सरकारले प्रतिनिधि सभा विघटनसँगै संवैधानिक निकायहरूमा नियुक्ती संविधान, कानुन र नैतिक दृष्टिले प्रतिगमन निम्त्याउने गरी चालेको भन्दै त्यसविरुद्ध ब्रेस्ट ब्रेन भएकाहरूसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपालसहितका दलहरू पनि रहेको बताए ।
उनले १० प्रतिशत मानिसहरू मात्रै सरकारबाट फाइदा लिन सरकारको कदम ठीक भन्ने पक्षमा रहेको समेत बताए ।

प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।

प्रचण्डले भने, “म एमसीसीको समर्थनमा गएको छैन् । परिमार्जन गर्न जरुरी छ । छलफल भइरहेको ले पार्टीले कुनै निर्णय गरेको छैन ।”