माघ,२३ काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गमा भएको सभा काष्टिङ मात्र भएको भन्दै अर्को काष्टिङ बुटवलमा हुने बताएका छन्। काठमाडौँको नारायणहिटी अगाडि शुक्रबार भएको सभामा बोल्दै उनले आफू बोलिरहेको सभा काष्टिङ मात्र भएको आम सभा गर्ने परे शहरभरीका सडकमा मान्छे हुने दाबी गरे।
‘यो काष्टिङको रुपमा हो। हामीले आम सभा गर्नुपर्छ भने सडकमा स्क्रीन र साउण्ड सिष्टम राखेर काठमाडाैँ भरको आमसभा गर्नुपर्ने अवस्था आउन सक्छ।’ उनले भने ‘अर्को काष्टिङ हामी १ गते बुटवलमा देखाउँदै छौं। १ गते बुटवलमा अर्को सभा हुने छ ८ गते विराटनगरमा अर्को सभा हुने छ। म हाम्रो आलोचक मित्रलाई मन थामेर बस्न आग्रह गर्दछु ।’







