माघ, २४ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन सुरु भएको । माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म नागरिक अगुवाहरु विरोध र्याली गरेका छन् ।
डा. गोविन्द केशीसहित सयौंको संख्यामा अहिले नाराबाजी गर्दै बानेश्वर पुगेका हुन् । उनीहरुले ‘नागरिक अघि बढ्दै छ, सर्वसत्ताबाद ढल्दैछ।’ ‘निरकुंस सरकार चाहिदैन् ।’ ‘नागरिक अघि बढ्दै लुटतन्त्र ढल्दै छ ।’, ‘प्रतिनिधि सभा मार्न पाइदैन् ।’ संविधानविरुद्धको सड्यन्त्र बन्द गर जस्ता नाराबाजी गरेका छन् ।
नारामा उनीहरुले प्रतिनिध सभा उनः स्थापना गर्न माग समेत गरेका छन् ।
अहिले र्याली कोण सभामा परिणत भएको छ । कोण सभामा नागरिक अगुवाहरुले मन्तव्य राखिरहेका छन् ।







