वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, आईपीटीभी र इन्टरनेटमा मासिक ७९९ रूपैयाँ मात्र

माघ, २५ काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स  लिमिटेडले  इन्टरनेटको प्रयोगभन्दा टीभीमा बढि मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टीभी सेवा उपलब्ध गराउने योजना  ‘तहल्का’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटटीभीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टीभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु। ७९९ मै पाउने छन् ।वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल बताउँछन्, ‘इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी ‘तहल्का’ योजना ल्याएका छौ ।’ उनी भन्छन् ‘तहल्का’ अफर सस्तो भएको हुनाले आधारभूत टीभी प्रयोगकर्ताहरू, सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ ।