पूर्वन्यायाधीश पाण्डेको निधन, संसद विघटनविरुद्ध मुद्दामा भोलि सुनुवाइ नहुने

माघ,२६ काठमाडौ।सर्वोच्‍च अदालतमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि मंगलबार बहस नहुने भएको छ ।  पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्‍ने सर्वोच्च अदालतका सञ्‍चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

उनका अनुसार न्यायाधीशको निधनपछि इजलास नबस्‍ने सर्वोच्‍चको पुरानो परिपाटी अनुसार नै मंगलबार इजलास नबस्‍ने भएको हो । सोमबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर जबराले पनि मंगलबार इजलास नबस्‍ने बताएका थिए । संसद् विघटनको मुद्दामा माघ २८ गते बस्‍नेछ ।